धरान: धरान मेघा कलेजले विद्यार्थीहरुको ओरेन्टेसन तथा क्यारीयर काउन्सीलिङ कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

कलेजको विविएस प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुलाई विषययत महत्व र करियर निर्माणका विषयमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको धरान मेघा कलेजका अध्यक्ष कैलाश सुब्बा आङदेम्बेले जानकारी दिए । मेघा कलेजले विद्यार्थीहरुलाई पाढ्यक्रम बाहेक अन्य विषयमा पनि समान रुपमा शिक्षित गर्दै जाने अध्यक्ष आङदेम्बेको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राध्यापक डाक्टर अशोक कुमार झाले बिबिएस पढ्ने विद्यार्थीहरुको भविष्य उज्वल हुने र त्यसमा आफुलाई कति उत्कृष्ट बनाउने भन्ने जिम्मा विद्यार्थीमा नै भर पर्ने बताए । पढाईको शिलशिलामा हुने अन्र्तकृया र अन्य क्रियाकलापले विद्यार्थीहरुलाई उत्कृष्ट बनाउने भन्दै उनले धरान मेघा कलेजले विद्यार्थीका लागि एक्स्ट्रा कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

कार्यक्रममा मन्तब्य राख्दै एम्स कलेज धरानका अध्यक्ष प्रकाश राईले विद्यार्थीहरुले आज गरेको मेहनतले नै भोली उनीहरुको र देशको भविष्य निर्धारण हुने बताए ।मेघा कलेजले अहिले प्राप्त गरिरहेको नतिजाले मेघाको शैक्षिक गुणस्तरलाई विश्वास गर्ने आधार भएको उनको भनाई थियो । कार्यक्रममा बोल्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक तथा जनगायक किशोर थुलुङले अध्यनले नै मानिसलाई परिपक्व बनाउने भन्दै अध्यनका क्रममा आउने अबरोध र समस्याहरुलाई समाधान गर्दै एकेडेमिक लेभल पुरा गर्नु पर्ने बताए । अध्यनका लागि पहिलेको जस्तो अफ्ठ्यारो परिस्थिती अहिले नभएको भन्दै पढ्न र सिक्न चाहाने विद्यार्थीहरुका लागि असिमित अवसरहरु भएको पनि उनले बताए ।

कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैकका शाखा प्रमुख प्रबल श्रेष्ठले विविएस पढ्ने विद्यार्थीहरुको भविष्यमा संभावनाहरु प्रसस्त हुने बताए । अध्यनमा मेहनत र अठोट हुदा विविएसका विद्यार्थीहरु बेरोजगार बस्न नपर्ने उनको भनाई थियो ।कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढण्डीराज न्यौपानलेले अब कलेजका विद्यार्थीहरुले समाज र राष्ट्रका लागि सकारात्मक सोच विकास गर्नु आवश्यक भएको बताए । धरानमा लागुऔषधको समस्यालाई नियन्त्रण गर्न अब कलेजस्तरबाट अभियान थाल्नु पर्ने उनले बताए । कार्यक्रममा मेघा कलेजका शिक्षक कर्मचारी,शेयर होल्डर तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।