पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ यासोकलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न अभियानलाई तिव्रता दिइएको छ ।

आगामी २०७६ चैत्र महिनाभित्र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न अभियानलाई तिव्रता दिइएको वडाअध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए । अभियानलार्ई सफल पार्न विभिन्न कार्यक्रमहरु गरिएको छ । वडामा बाल क्लवहरु गठन, बालमैत्री शासनयुक्त आचार संहिता निर्माण, विद्यालय, अभिभावक, उद्योगी–व्यवसायी, सरकारी कार्यालय, गैरसकारी संस्थाकोे आचारसंहिता निर्माण गरिएको लावतीले बताए ।

अब चाँडै बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने, हजार दिनका आमाहरुलाई आर्थिक रकम प्रदान गर्ने, दैनिक उपभोग्य सामाग्रीहरु वितरण र सचेतनामूलक कार्यक्रम गर्ने लगायतका कार्यलाई अघि वढाइने बताइएको छ । स्थानीय शासन युक्त वडा घोषणा गर्न साझेदारी संस्था छनौट गरिने र कार्यक्रमलाई अघि बढाइने जनाइएको छ ।

यस वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्य्विधि ०६८ र बालमैत्री स्थानीय तह घोषणा कार्य्विधि २०७० अनुरुप सेवा प्रवाहका २७ र संस्थागत १२ समेत गरी ३९ सूचकहरु पूरा गर्नुपर्नेछ ।