तेह्रथुम : तेह्रथुमको म्याङलुङ गाउँपालिका ७ जिरीखिम्ती बस्ने ३० वर्षीया सुमित्रा नेपालीले जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकी छन् ।

सोमवार बेलुका खाना संगै जंगलबाट आफैले टिपेर ल्याएको च्याउ खाँदा बिरामी भएकी नेपालीको जिल्ला अस्पताल म्याङलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।