धरान: किरातेश्वर मावि, धरान १९ को ४७ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।

प्रदेश नंं १ का प्रदेश प्रमुख डा. गोविन्द सुब्बाको प्रमुख आतिथ्यमा विद्यालयको बार्षिक उत्सव भएको हो । प्रमुख अतिथि सुब्बाले विद्यालयले गरेको शैक्षिक एवं भौतिक प्रगतिको प्रशंसा गरेका थिए । उनले गरिव तथा पछाडि परेको परिवारका विद्यार्थीहरुको लागि गुणस्तरीय शिक्षालाई पहुँचमा पुर्याउन सामुदायिक विद्यालयहरुले महत्वपूर्ण भुमिका खेलिरहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमा विद्यालयका प्रधानाध्यापक योगेन्द्र पालुंवाले विद्यालयको प्रगति विवरण पेश गरेका थिए । ब्रिटिस वेलफेयरका एरिया अफिसर क्याप्टेन पूर्ण प्रसाद लिम्बु, धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बु, धरान उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्राविधिक अधिकृत रमेश कुमार साहले विद्यार्थीहरुलाइ छात्रावृ्त्ति पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुबाट गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षा सेवी, विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

kirateswor1