धरान: लायन्स क्ल्व अफ दन्तकाली धरान, लायन्स क्लब अफ धरान क्यालीबर, लायन्स क्लव अफ भेडेटार र लियो क्लव अफ दन्तकाली धरानको संयुक्त आयोजनामा धरान १४ स्थित दन्तकाली सेकेण्डरी स्कुलमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

धरान वडा नम्बर १४ को आर्थिक सहयोग र नेपाल नेत्र ज्योती संघ ईटहरीको प्राविधिक सहयोगमा शिविर आयोजना भएको लायन्स क्लब अफ दन्तकाली धरानकी अध्यक्ष आभा सुवालले जानकारी दिइन् । शिविरमा धरान १४ का २ सय ६० जनाले आँखा जाँच गराएका थिए । आँखा परिक्षण गरेकाहरुमध्ये १३ जनाको आँखामामा मोतिविन्दु भेटिएकोे नेपाल नेत्र ज्योति संघ ईटहरीका सचिव साथै प्रदेश १ का संयोजक जय प्रकाश निरौलाले जानकारी दिए ।

eye1

मोति विन्दुका विमारीलाई ईटहरीको नेत्र ज्योति आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उनले जानकारी दिए । शिविरमा कमजोर र चस्मा ललगाउन आवश्यक ४० जनालाई निःशुल्क चस्मा र औषधीसमेत समेत वितरण गरिएको थियो । वडा १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । लायन्स दन्तकाली धरानकी अध्यक्ष आभा सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन ड्रिस्ट्रिक चिफ विपिन सुब्बा, लायनका सम्पूर्ण पदाधिकारीहरू, समाजसेवीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।