१, अनुहारमा चाया अथवा पोतो आउनु सबैभन्दा बढी पिरलो मानिन्छ । अनुहारमा आएको कालो दागलाई सामान्य भाषामा चाया वा पोतो भनिन्छ । यो समस्या महिला र पुरुष दुवैमा देखिन सक्छ ।

, विभिन्न कारणले अनुहारमा चाया वा पोतो आउन सक्छ । घामको किरणको असर तथा भिटामिन सीको कमीले पनि चाया–पोतो आउने गर्छ । जसले भिटामिन सीको पर्याप्त मात्रामा सेवन गर्छन्, उनीहरूलाई चाया–पोतोले सताउन सक्दैन ।

३, कतिपय अवस्थामा भने पेटमा भएको खराबीले पनि अनुहारमा चाया आउने गर्छ । त्यसैले, पानी एकदमै धेरै पिउनुपर्छ । बिहान खाली पेटमा पानी पिउनु अझ फाइदाजनक छ । साथै, पेटको समस्या समाधान गर्न डाक्टरसँग सल्लाह लिन सकिन्छ ।

४, घामको किरणबाट आउने समस्याका कारण अनुहारमा आएको चाया हटाउन घरेलु उपाय अपनाउन सकिन्छ । यी उपाय अपनाउन सके अनुहारको चाया हट्नुका साथै अनुहारमा कान्ति छाउँछ ।

५, सफा हुने गरी मुख धुने । घिउकुमारी अनुहारमा लगाएर १०–१५ मिनेट राख्ने । सुकेपछि हात भिजाएर बिस्तारै मसाज गर्ने । करिब पाँच मिनेट मसाज गरेपछि सफा चिसोपानीले पखाल्ने । यो दैनिक दुईपटक गर्नुपर्छ । यसले अनुहारको चाया हटाउन मद्दत मिल्छ ।

६, अनुहार मज्जाले धुने वा क्लिन्जिङ गर्ने । पुदिनाको पेस्टमा घरेलु रक्सी अथवा रम दुई वा तीन थोपा राखेर घोल्ने । उक्त पेस्टलाई चाया आएको ठाउँमा प्याक लगाउने । १०–१५ मिनेट राखेपछि सफा चिसोपानीले पखालेमा चाया हराउँछ ।

, स्किन ओइली छ भने बेसार र कागतीको रसको पेस्ट प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ । तर, स्किन ड्राई छ भने यो नगर्नु ठीक हुन्छ ।

८, दैनिक तीनपटक सफा पानीले अनुहार धोएर सनस्क्रिन क्रिम लगाएमा घामबाट जोगिन सकिन्छ । गोरो छालामा चाया–पोतो आउने सम्भावना बढी हुन्छ । यसर्थ, गोरो छाला भएकाहरू घामबाट जोगिनुपर्छ । बाहिर निस्किनुअघि पेग्मेन्टेसन क्रिम लगाएपछि मात्र अन्य क्रिम लगाउनुपर्छ ।

९, यसरी घरेलु उपचारबाट अनुहारमा आएको चाया–पोतो साइड इफेक्टविना नै हटाउन सकिन्छ । उपचारले मात्र चाया–पोतो हट्न असम्भव हुन सक्छ । यसर्थ, सकेसम्म तनाव व्यवस्थापन गर्नुपर्छ । त्यस्तै, घामबाट बच्न तथा पानी धेरै पिउन जरुरी छ ।

हेमा राई, ब्युटिसियन