शहरको बसोबास र कम शारीरिक अभ्यासका कारण अधिकांश नेपालीको पेट लागेको छ । पेट जति सजिलै लाग्छ घट्न त्यतिनै मुस्किल पनि छ । त्यसैले तपाईंलाई सजिलै गरी पेट घटाउनका लागि गर्नुपर्ने ८ अभ्यासबारे जानकारी दिँदैछौ । जुन अभ्यास तपाईले दैनिक एक महिनासम्म लगातार गर्नु भयो भने नतिजा आफैं थाहा पाउनु हुनेछ । त्यसका लागि तपाईंले २० मिनेटको दैनिक समय छुट्याउनुभयो र खानपान थोरैमात्र व्यवस्थापन गर्नुभयो भने पुग्नेछ ।
यस्ता छन् मोटो पेट घटाउने शारीरिक अभ्यास :
लेग लिफ्ट
लेग लिफ्ट १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा भुइँमा उत्तानो पल्टने र दुवै हात भुइँमा सीधासँग राख्ने। दुवै खुट्टा सीधा बनाएर भुइँदेखि कम्मरको सीधा उचाल्नुपर्छ ।
बाइसाइकल
बाइसाइकल १५ रेप्स ३ सेट्स स् यो व्यायाम लेग लिफ्टकै पोजिसनमा सुतेर साइकल चलाएको तरिकाले खुट्टा चाल्नुपर्छ ।
अल्टरनेटिङ लेग लिफ्ट
अल्टरनेटिङ लेग लिफ्ट १५ रेप्स ३ सेट्सः यस स्टेपमा दुवै खुट्टा सीधा बनाउने र पालैपालो तल–माथि पार्ने ।
सिजर्स
सिजर्स १५ रेप्स ३ सेट्सः यो स्टेप गर्दा दुवै खुट्टा कैँची स्टाइलमा चलाउने ।
रक क्लाइम्बर
रक क्लाइम्बर १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा पोजिसन चेन्ज गर्नुपर्छ । शरीरलाई घोप्टो बनाएर दुवै हातले जमिनमा टेक्ने र खुट्टा चलाउने अर्थात् हिँडेजस्तो गर्नुपर्छ ।
पेल्भिक लिफ्ट
पेल्भिक लिफ्ट १५ रेप्स ३ सेट्सः यो व्यायाम उत्तानो पोजिसनमा दुवै खुट्टा र कुहिनाले जमिनमा टेक्ने र कम्मरलाई माथितिर उठाउने र जमिनतिर अर्थात् तल–माथि गर्ने ।
एल्बो टु नी क्रन्चेच
एल्बो टु नी क्रन्चेच १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा उत्तानो ढल्कने र घुँडा खुम्चाउने। एउटा खुट्टा अर्को घुँडामाथि राख्ने र दुवै हात टाउकोपछाडि राखेर टाउको उठाउने अनि कुहिनाले घुँडा छुने । यसरी दुवैपट्टि पालैपालो गर्ने ।
लेग होल्ड
लेग होल्ड १५ रेप्स ३ सेट्सः यो व्यायाममा उत्तानो पोजिसनमा खुट्टालाई जमिनभन्दा माथि उठाएर होल्ड गर्नुपर्छ । यी माथि उल्लिखित व्यायाम नियमित रूपमा गर्नुभयो भने पेट घट्नुका साथै ‘टाइट’ हुन्छ । नियमित व्यायाम गर्न थालेको १५ दिनदेखि शरीरमा आएको फरकपन थाहा पाउनुहुन्छ । यसले तपाईंलाई रिफ्रेस पनि बनाइराख्छ ।