धरान: सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवसको अवसरमा आइतबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निःशुल्क मुटु तथा उच्च रक्तचाप जाँच गरिएको छ ।

प्रतिष्ठानस्थित मुटुरोग विभागले ओपिडीमा आएका विरामीहरुलाई मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम गर्नुका साथै निःशुल्क मुटु तथा रक्तचाप परीक्षण गरिएको हो । आज विश्वभर स्वस्थ्य मुटु सबैको अधिकार भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइएको छ ।

वीपी प्रतिष्ठानस्थित मुटु रोग विभागका प्रमुख डा.प्रह्लाद कार्कीका अनुसार ओपिडीमा आएका २ सय ५० जना विरामीहरुको निःशुल्क जाँच गरिएको थियो । उनीहरुलाई डा.कार्कीसँगै एसोसिएट प्रोफेसर डा. प्रशान्त साह, नविन पाण्डे, रेजिडेन्टहरु डा.आदित्य महासेठ, डा.जीतप्रसाद घिमिरे र डा.विप्लव कार्कीले स्वास्थ्य जाँच गरेका थिए । कार्यक्रममा हाउस अफिसर र नर्सहरुले पनि सहयोग गरेको विभागले जनाएको छ ।