१, बिहान उठेपछि पहिला एक वा दुई गिलास मनतातो पानी पिउने गर्नुस् । त्यसपश्चात् शौच गर्नुस् अनि मात्र दौडिनुस ।

२, दौडँदा प्रयोग गर्ने जुत्ता निकै कम्फरटेबल हुन जरुरी छ । यसरी दौडिनका लागि हल्का जुत्ता प्रयोग गर्दा राम्रो हुन्छ ।

३, दौडिनुअघि शरीरलाई दायाँ-बायाँ चलाउने, वार्मअप गर्नेजस्ता गतिविधि गर्न पनि बिर्सिनु हुँदैन । दौडिन सुरु गर्ने्बित्तिकै स्पिड बढाउनु हुँदैन । दौडिन सुरु गरेको ५-७ मिनेटपछि मात्र गति बढाउनुपर्छ ।

४, दौडिने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने प्रक्रिया गरिरहनुपर्छ । दौडिने वेला श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अभ्यास गर्दा राम्रो हुन्छ ।

५, दौडिन सुरु गरेको हरेक १०-१५ मिनेटमा पानी पिउनु राम्रो हुन्छ । दौडेर फर्केपछि नियमित नुहाउनुपर्छ । त्यसपछि प्रोटिनयुक्त खानेकुरा सेवन गनुपर्छ ।