धरान: साँगुरीगढी गाउँपालिकास्थित धारापानीमा रहेको महाभारत प्राविमा तेस्रो फेस्टिवल हंगामा टिमसहित धरानका युवाहरुले विद्यार्थीहरुलाई सहयोग गरेका छन् ।

हंगामा टिमले विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरेको हो । हंगामा टिमका गायक डिल्ली फोम्बोका अनुसार विद्यार्थीहरुलाई स्कुल ड्रेस, स्वीटर, झोला र जुत्ता प्रदान गरिएको छ । हंगामा टिमबाट गायक फोम्बोसँगै अर्का गायक प्रशान्त शर्मासहित निदेश ढुंगेल र उदिप गौतम पनि धारापानी गएका थिए । यस्तै, दाताहरु विनोद अग्रवाल, साक्किम योङ्या, डिजाइनर्स ब्याण्डका अनिष श्रेष्ठ र सञ्जिव तामाङ पनि गएका थिए । ती सामग्रीहरु दाताहरुले नै विद्यार्थीहरुलाई प्रदान गरेका थिए ।

asas

यसैगरि, होप धरानले पनि विद्यार्थीहरुलाई आवश्यक अन्य सामग्रीहरु प्रदान गरेका थिए । होप धरानले विद्यार्थीहरुलाई ब्रस, पेष्ट, काइयो, साबुन, खाजा, जुसलगायत प्रदान गरेका थिए । होप धरानकोतर्फबाट निश्चल पलिखे र अनु योञ्जन गएका थिए । फेस्टिवल हंगमा टिमले तेस्रो पटक सहयोग गरेको हो । यसअघि पहिलो र दोस्रो पटक दुव्र्यसनमा फसेका ८ जना युवाहरुलाई सुधार गृहमा राखेर उपचार गर्न सहयोग गरिएको गायक शर्माले जानकारी दिए । ‘यसपटक हामीले समन्वय गरेर आर्थिक संकलन गर्यांै, र दाताहरुसँगै गएर वितरण गर्यौं,’उनले भने । अर्का, गायक फोम्बोका अनुसार भविष्यमा सोही विद्यालयमा बास्केटवल कोर्ट र फर्निचर बनाउन पनि सहयोग गर्ने योजना छ । यसको लागि विभिन्न माध्यमबाट पहल गर्ने उनले बताए ।

AN3A0153 AN3A0242 IMG_0820