इटहरी : तीन दिने निशुल्क रोबोटिक तालिम इटहरीमा सुरू भएको छ । क्यान सुनसरीको आयोजना तथा टिम फ्यूजन इटहरीको सहकार्यमा इटहरी स्थित कोशी सेन्ट जेम्स कलेजमा कार्यक्रम सुरू भएको हो ।

तालिममा १५ विद्यालय तथा कलेजका ५० जना सहभागी भएका छन् । कार्यक्रमको उद्दघाटन गर्दै क्यान प्रदेश १ का अध्यक्ष भब कृष्ण तिम्सिनाले अबको यूग भनेको रोबटिक युग भएको र यसको राम्रो सम्भावना रहेको बताए । उद्घाटन कायर्यक्रममा बोल्दै क्यान सुनसरीका अध्यक्ष बिशाल बास्तोलाले यस्ता खालका तालिमले बिद्यार्थीको कलाकौशल बृदी हुने कुरामा जोड दिए । कार्यक्रममा क्यान सुनसरी अध्यक्ष बास्तोला लगायत कार्यसमिती सदस्यहरू, विद्यालय तथा कलेजका प्रतिनिधीहरूको उपस्थिती रहेको थियो ।

तालिमका प्रतियोगीहरूले क्यान सुनसरीको आयोजनामा यही कार्तिक १४ गते हुने क्यान फ्यूजन व्याटल फर स्पिड नामक रोबोटिक प्रतियोगितामा सहभागी हुन पाउने क्यान सुनसरीले जनाएको छ । प्रतियोगितामा ६ रोबोट सञ्चालक सहित २५ विद्यार्थीहरुले सहभागीता जनाउने छन् । प्रतियोगितामा एक टोलीले अर्काे टोली सँग प्रतिष्पर्धा गर्नेछन् । प्रदेश नं. १ मा पहिलो पल्ट भनेर दाबी गरिएको उक्त रोबोटिक प्रतियोगिताको बिजयीले नगद १५ हजार रुपैयाँ पाउनेछन् ।