इटहरी : तरहरा जेसीजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सप्ताह कार्यक्रम अन्र्तगतको तेश्रो कार्यक्रममा रक्तदान कार्यक्रमकोआयोजना गरिएको कार्यक्रम संयोजक बहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार ५६ पिन्ट रगत संकलन भएको थियो । अहिले अधिकांश ठाउँमा रगत अभाव रहेकाले जेसीजले रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुनसरी सभापति उमेश थापा, तरहरा जेसीजका पूर्व अध्यक्षहरु, विभिन्न संघ संस्थाका व्यक्तिहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रम विकास गिरीको सभाध्यक्षमा सम्पन्न भएको थियो ।