इटहरी : सुनसरीको इटहरी २ मा रहेको मायाघर नेपाललाई नवरत्न मेडिसिन प्रा.लीले आवश्यक्ता अनुसार वर्ष भरीको लागी निःशुल्क औषधी उपलब्ध गराउने भएको छ ।

असाहाय तथा मानसिक रोगीको लागी सेवा गर्ने उद्धेश्य सहित सञ्चालन भएको उक्त माया घरलाई औषधीको समस्या नहोस भन्ने उद्धेश्यले औषधीको बितरण गरिएको नवरत्न मेडिसिन प्रा.लीका सञ्चालक सन्तोष सुवेदिले जानकारी दिए । माया घर नेपालमा मानसिक सन्तुलन गुमाएका, सडकमा वेवारिसे अवस्थामा रहेकाहरुलाई विभिन्न स्थानबाट उद्धार गरि सेवा गर्ने गरिएको छ ।

मायाँघरमा हाल करिब ३७ ले आश्रय लिई रहेको अवस्था छ । बिशेष गरेर मानसिक रोगीहरुको संख्या धेरै रहेको कारण औषघीको खर्च धेरै हुदै आएको र समस्या हुने गरेको अवस्थामा नवरत्नले निःशुल्क औषधी बितरण गर्नु मायाघरको लागी धेरै ठुलो सहयोग भएको मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेलले बताईन् । विभिन्न समयमा नवरत्नले निःशुल्क औषधी सहयोग गरेर सामाजिक काम गर्दै आएकोमा अहिले लाई तत्काल आवश्क पर्ने करिब ३० हजार मुल्य बराबरको औषधी मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेल लाई हस्तान्तरण गरेको र आगामी दिनमा पनि आवश्यक्ता अनुसार निःशुल्क औषधी सहयोग गर्ने नवरत्नका सञ्चालक सुवेदीले बताए ।