झापा : विशेष गरी हिन्दु धर्मावलम्बीहरूले तिहार धुमधामका साथ मनाउँछन् । हिन्दु धर्मावलम्बीहरूको बाहुल्य भएका कारण नेपाल र भारतमा तिहार विशेष महत्वकासाथ मनाइन्छ । तर तिहार मनाउने चलन यी दुई देशमा मात्रै सीमित छैन । पछिल्ला वर्षहरूमा नेपाल र भारतबाट अन्य देशमा बसोबास गर्नेको संख्या बढेसँगै विभिन्न देशहरूमा तिहार र तिहारकै रुपमा भिन्नभिन्न नाममा मनाइन्छ ।

तिहारलाई भारतमा दीपावलीको नामले जानिन्छ, यो पर्वका दिनहरूमा भारतमा विभिन्न स्थानहरूमा मेला लाग्छन । दीपावली एक दिनको पर्व नभएर पर्वहरूको समूह हो । दशैं पछि दीपावलीको तयारी गरिन्छ । दीपावलीको दुइ दिन पहिला त्रयोदशीका दिन धनतेरस मनाइन्छ । यस दिन बजारहरूमा चारैतिरबाट मानिसको भीड लाग्छ । केटा–केटीहरू पनि पटेका, झिरझिरे चलाएको दृश्य हेरेर अति खुशी देखिन्छन । मध्य रातसम्म कार्तिकको अँध्यारो रात पूर्णिमा भन्दा पनि उज्यालो हुन्छ ।

यस्तै नेपाल र भारत बाहिर सबैभन्दा धूमधामले तिहार बनाउने देश बेलायत हो । बेलायतको लेचेस्टर सहरमा हिन्दुको बाक्लो उपस्थिति छ । त्यहाँ हिन्दु, सिख र अन्य धर्मका मानिसहरू मिलेर तिहार मनाउने गर्छन् । यस्तै थाइल्याण्डमा तिहारलाई लाम क्रियोग्घको नामबाट मनाइने गरिन्छ । केराको पातबाट निर्मित बत्ति र धूप रातको समयमा बालिन्छ । बलिरहेको बत्तिमा पैसा राखेर नदीमा बगाइन्छ ।

scotland

यस्तै प्रत्यक बर्ष जनवरीको अन्तिम मंगलबार स्कटल्याण्डको लेर्विकमा एक प्रकाशोत्सवको आयोजना गरिन्छ । जसलाई हेली आ भनिन्छ । यो बास्तबमा तिहारकै एक रुप हो । यस कार्यक्रममा मानिसहरू प्राचिन समुन्द्री लडाकु जस्तै कपडा लगाएर हातमा मसाल लिएर जुलूस निकाल्छन् । सो समय पूरा सहर उज्यालोमय हुन्छ ।

japan 1

त्यस्तै प्रत्येक बर्षको जनवरी महिनामा जापानमा ओनियो फेयर फेस्टिवल मनाइने गरिन्छ । फुकुओका सहरमा तिहारको जस्तै प्रकाशमय वातावरणमा चाड मनाइन्छ । सो अवसरमा कठिन परिस्थितिको अन्त्यको प्रतिकको रुपमा मसाल जलाईन्छ । खास गरि सेतो कपडा पहिरेर जापनीजहरूले मसाल र्याली मन्दिरबाट सुरु गर्छन् ।

त्यसैगरि फ्लोरिडाको अल्टूना सहरमा प्रत्यक बर्ष अक्टूबर ३१ देखि नोभेम्बर १ स्यामहेन निकै शानदार हुन्छ । भूतको सम्मानका लागि आयोजना गरिने यो चाडामा हड्डीबाट आगो बालिन्छ । विभिन्न खालको मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिने भएकाले सो पर्वमा अन्य स्थानका मानिसहरूको पनि सहभागिता हुने गरेको छ ।

newfoundland

यस्तै क्यानडाको न्यूफाउन्ड ल्याण्डमा नोभेम्बर ५ का दिन तिहारको जस्तै एक चाड मनाइन्छ । अंग्रेज र आइरिस सुखद जीवनको खोजीमा क्यानडा आएको सम्झनामा आताशवाजी गर्ने गरिन्छ । साथै, सहरको घर तथा पसलहरूमा रंग रोधनगरि चिटिक्क पारिन्छ ।

श्रोत: विकिपेडिया