धरान: धरानमा आफ्नै ६ बर्षीय छोरी बलात्कार गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यलयले खास घर भोजपुर भई हाल धरान १७ मा डेरा गरी बस्ने ३८ बर्षीय अभियुक्त बुबालाई पक्राउ गरेको हो । छोरीलाई बलात्कार गरेकोबारे श्रीमतीले उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना कार्तिक १३ गते दिउँसो साढे ४ बजे भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमा तरकारी किन्न गएको समयमा ६ बर्षीय आफ्नै छोरीलाई बलात्कार गरेका थिए ।

घटनाबारे पीडित बालिकाकी आमाले हिजो बिहिबार प्रहरीमा सुचना दिएपछि पक्राउ गरिएको हो । प्रहरीका अनुसार जाहेरी दरखास्त प्राप्त भईसकेको साथै बालिका र अभियुक्तको समेत स्वास्थ्य परीक्षण गरेर जबरजस्ती करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप लगायतको अनुसन्धान कार्य जारी रहेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।