इटहरीः मोरङ सुन्दरदुलारीकी ७१ बर्षीया ईन्दु कर्णले छठ पर्वको ब्रत लिएको ५० दशक बित्यो । उनी आफ्ना छोराछोरी र श्रीमानको भलाईका निम्ति ब्रत लिने गरेको बताउँछिन् ।

सानै उमेरमै वालविवाह गरेकी कर्ण शनिबार इटहरीको गंगा जमुना मुक्तिघाटमा भेटिईन् । उनले भनिन्, 'आफ्नो सानै उमेरमा विवाह भयो, आफ्ना छोराछोरी र नाती नातिनाको विवाह सानै उमेरमा नहोस् भन्नका लागि पनि ब्रत लिएको हुँ ।' दशक अघि सम्म मधेशी समुदायमा मात्रै नभएर पहाडे समुदायमा पनि वालविवाह हुँदै आएको थियो । तर, समाज परिवर्तन भएसँगै दशकौँ अगाडि वालविवाह गरेका महिलाहरु अहिले आफ्नो परिवारमा वालविवाह नहोस् भन्नका लागि छठको ब्रत बस्दै आएको उदाहरण कमै मात्र पाईन्छ ।

'छठी मैँया बालबच्चाको राम्रो गर्देउ भनेर हामी ब्रत लिन्छौँ,'कर्णले भनिन्,'सोचेको र मनोकामना पूरा भएकै कारण हामीले ब्रत लिदैँ आएका छौँ ।' उनले मनमा भगवान राखे पूर्ण हुने विश्वास रहेको बताउँदै भनिन्, 'मनमा भगवान राखे पूर्ण हुन्छ, अहिले हाम्रा नातीनातिनाको सानै उमेरमा विवाह नहोस् भनेर हामी ब्रत बस्दै आएका छौँ ।'

xat3

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । शनिबार देशैभरी छठ पर्वको सयौँ महिलाहरुले ब्रत लिए । इटहरी र सुन्दरहरैँचाको सिमानामा पर्ने गंगा जमुना मुक्तिघाटमा शनिबार सयौँ तीर्थालुहरुले सूर्यको उपासना गरे । सुनसरीको इटहरीकी ७३ बर्षीया देवती शाहले पनि ब्रत लिएको ५० दशक बितिसक्यो । उनले छठको ब्रत आफ्ना छोराछोरी जन्मिएपछि उनीहरुको खुशीका लागि लिने गरेको बतउँदै भनिन्,'छोराछोरीको धन बृद्धि र सुखका लागि मात्र नभर्ई सानै उमेरमा विवाह नहोस् भनेर पनि यो ब्रत लिने गरेका छौँ ।' उनले आफ्ना छोराछोरी र नाती नातिनाको सानै उमेरमा विवाह नहोस् भन्नका लागि पनि ब्रत लिने गरेको तर्क गरिन् ।

इटहरीका ६० बर्षीय हरिशचन्द्र शाहले पुख्र्यौली देखि चलिआएको परम्परा जगेर्ना गर्नका लागि पनि ब्रत लिने गरेको तर्क गरे । 'हाम्रो भाकल हुन्छ, त्यो भाकल पूरा गर्नका लागि पनि हामी ब्रत लिने गरेका छौँ, मागेजति त भगवानले पनि दिन सक्दैन, तर मन सिद्ध हुन्छ ।' उनले जुनसुकै जातीका समु्दायले पनि सूर्यको पूजा गर्दा फलिफाप हुने तर्क गरे । 'हाम्रो माता भनेको धरती हो र सूर्य हो, धरती र सूर्यको पूजा गर्दा मागेको पूर्र्ण हुन्छ,'उनले भने ।

xat1 1