धरान : सुनसरीको धरान-१० स्थित रहेको मेरिल्याण्ड इंलिस बोर्डिङ स्कुलमा खेलकुद सप्ताह तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा अन्तर्रा्ष्ट्रिय धावक निमेश गुरूङलाई सम्मान समेत गरिएको छ । धावक गुरुङलाई स्कुलका डाइरेक्टर मुगाधन राईले टोपी, स्कुलका सञ्चालक सदस्य हिमाल राईले मायाको चिनो र सहायक प्रिन्सिपल मनोज राई नाम्दुङले सम्मान पत्रले उनलाई सम्मान गरेका हुन् । स्कुलका डाइरेक्टर मुगाधन राईले विद्यार्थीलाई पढाइमा मात्रै नभएर अतिरिक्त क्रियाकलापहरुमा पनि सक्रिए तरिकाले प्रशिक्षण दिन थालिएको जानकारी दिए । डाइरेक्टर राईका अनुसार म्यारिल्याण्ड स्कुललाई खेलकुद, मोडलिङ लगायत अन्य अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुले विद्यालयलाई राष्ट्रियस्तरसम्म चिनाइसकेको छ ।

2 2

सम्मानित धावक गुरुङले विद्यार्थीद्वारा सञ्चालित सामाजिक संस्था ‘द विकन’ लाई ५ हजार सहयोग प्रदान गरे । अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई खरो उतार्न आयोजना भएको खेलकुद सप्ताह अन्तर्गत फुटबल, भलिबल, टेबलटेनिस, विभिन्न प्रकारका दौड प्रतियोगिता आयोजना भएको थियो । कार्यक्रममा बानाना रेस, हट पोट्याटो, कलर रेस, वेलुन रेस, रिङ एण्ड बकेट, ब्लड होल्डिङ रेसलगायतका प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा बिजेता विद्यार्थीलाई पुरस्कार, मेडल प्रदान गरिएको थियो ।

1 1