धरान  : धरान ९ स्थित रहेको अपांग पुर्नस्थापना तथा असाहाय केन्द्रमा एकदिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

घरदैलोको क्रममा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईलाई उक्त आँखा शिविरमा आएका वयोवृद्ध आमाबुबाहरुले विजयको शुभकामना तथा आशिर्वाद दिएका छन । कांग्रेसका प्रत्यासी उम्मेद्वार तिलक राईले धरान उपहानगरपालिकाको रिक्त रहेको मेयर पदमा विजय भएको खण्डमा अपांग पुर्नस्थापना तथा असहाय केन्द्रलाई व्यवस्थित बनाउन भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यसैगरी शिविरमा माओवादी दन्द्धकालमा दुर्घटनामा परी आफ्ना एउटा खुट्टा गुमाएका धरान वडा नं. ५ का यामकुमार दर्जिले मलाई खुट्टाको उपचारको क्रममा प्रत्यासी उम्मेद्वार तिलक राईले ठूलो सहयोग गरेको सुनाउँदै विजयकोे शुभकामना दिएका छन  । उक्त शिविरका सहजिकरण सुनिल खड्काले गरेका थिए ।