इनरुवा : सुनसरी जिल्लाको सदरमुकाम  इनरुवा-३ सोमबारे हाटका बासिन्दा  ४० बर्षिय कारी यादवको हात्यामा संलग्नको आरोपमा प्रहरीले श्रीमान श्रीमतीलाई  पक्राउ गरी सार्वजनीक गरेको छ । आफ्नै श्रीमती  अनिता पंडितसंगको अनैतिक सम्बन्ध  प्रत्यक्ष देखेपछी  अनिताका श्रीमान  अशोक पंडितले यादवलाई भाडो बनाउने घरेलु हतियारले पछाडिबाट आक्रमण गरि घाटीमा प्लाष्टिकको डोरीले बांधेर यादवको  हत्या गरेको अनुसंधानबाट खुलेको प्रहरीले जनाएको छ।      

प्रहरीका अनुसार हत्यामा श्रीमान र श्रीमती दुवैको संलग्नता रहेको अनुसंधानमा पाइएको छ।  इनरुवा–३ सोमबारे हाटका कारी यादव हत्यामा छिमेकी अशोक पण्डित र उनकी श्रीमती अनिता पण्डितको प्रत्यक्ष संलग्नता खुलेको हो । प्रहरीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न दुवैलाई सार्वजनिक समेत गरेको छ ।

पक्राउ परेकाहरुसँगको बयान तथा खोज अनुसन्धानका क्रममा कारी यादवको हत्यामा अनैतिक सम्वन्ध प्रमुख कारण रहेको खुलेको हो । अनिता र यादवबिच अनैतिक सम्वन्धको कुरा प्रहरी अनुसन्धानको क्रममा समेत खुल्न आएको बताइएको छ । कल डिटेल्स र वस्तुस्थिति अध्ययनका क्रममा अशोक र अनितालाई पक्राउ गरि प्रहरीले म्याद थप समेत गर्रीको प्रहरीले जनाएको छ  ।

प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले पत्रकार सम्मेलन गरि घटना विवरण सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलन पनी अशोक र उनकी श्रीमती अनिताले हत्या गरेको समेत स्विकारेका छन् । पत्रकार सम्मेलनमा अनिताले कारीले बोलाएर आफुमाथि जबरजस्ती गर्न खोजेको बताएकी छिन । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार रातीको ११ बजेको समयमा कारी र अनिताबिच फोनमा कुराकानी भएपश्चात हत्या भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार कारीले फोन गरेर अनितालाई घरबाहिर बोलाएका थिए । हत्या पश्चात अशोकले यादवको शव घिसारेर मृतक यादवकै घर पछाडी लगि छाडेका थिए । अनिताले भने कारीको मोबाइल आगोमा हालेर डढाएकी हुन्