काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस खानेकुरा पनि खुवाउन थालएको छ ।

सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली सल्यक्रियाको एक सातापछि सामान्य हिँडडुल गर्न थालेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको र आइसियुमै सामान्य हिँडडुल गर्न थालेको जानकारी दिए । प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक डा।अरुण सायमीले प्रधानमन्त्रीलाई ठोस आहार खुवाउन सुरु गरिएको बताए ।

गत मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाईटिसको सल्यक्रिया गरिएको थियो । -अन्नपूर्ण पोष्ट दैनिकबाट