इटहरी: आफुलाई सिद्धबाबा भन्दै आएका कृष्णदास गिरीलाई कडा सुरक्षाका बीच सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको छ । गिरीलाई बिहान सवा ११ बजे अदालतमा उपस्थित गराइएको हो ।

उनलाई आजै विहान डीएसपी विनोद शर्माको नेतृत्वमा बिराट नर्सिङ होमबाट एम्बुलेन्समा हालेर ल्याईएको थियो । गेरु बस्त्र र धार्मिक झण्डा सहित ह्वील चेयरमा उनलाई अदालत ल्याईएको हो । उनलाई सुनसरी जिल्ला अदालतका जिल्ला न्यायधीश धर्मराज पौडेलको इजलासमा ४ दिनको म्याद थपिएको छ।