मोरङ: मोरङको बिराटनगर महानगरपालिका २ सनिहाट चोक नजिकै सिलिण्डरबाट ग्याँस लिक भई आगोलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ ।

आज बिहान साढे ९ बजे आफ्नै घरको कोठामा जलेर वृद्ध जयप्रसाद दाहालको मृत्यु भएको हो । प्रहरीका अनुसार काठमाण्डौमा परिवारसहित बस्दै आएका दाहाल शनिबार बेलुकी बिराटनगरस्थित आफ्नै घरमा आएर बसेका थिए । उनी आज बिहान साढे ९ बजेसम्म पनि कोठाको ढोका नखोलेपछि र कोठाबाट धुवा बाहिर आएको देखेपछि कोठा भाडामा बासेकाहरुले प्रहरीमा खबर गरेका थिए ।

घटनास्थलमा पुगेको वडा प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले दाहाललाई कोठा भित्र जलेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।