धरान: केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसारका अखिल अध्यक्ष आशिष प्रधानले आफ्नो जन्म दिन धरान १७ स्थित दिपेन्द्र आधारभुत प्राथमिक विद्यालयका विद्यार्थीहरुसँग मनाएका छन् ।

उनले विद्यार्थीहरुसँग केक काट्नुका साथै एक सय पचास विद्यार्थीहरुलाई अध्ययन सामाग्री पनि प्रदान गरेका थिए। कक्षा प्ले ग्रुपदेखी ३ सम्मका विद्यार्थीहरुलाई उनले कपि, पेनसिल तथा इरेजर प्रदान गरेका थिए। यसरी नै कक्षा ३ दिखी ६ सम्मका बिध्यार्थिहरुलाइ कपि, पेनसिल तथा ड्ट्पेन प्रदान गरेका थिए। प्रधानलाइ शुभकामना दिदै यस्ता सामाजिक गतिबिधिले कलिला बिध्यार्थिहरुको मस्तिष्कमा सकारात्मक प्रभाब पर्ने कुरा नेकपाका जिल्लाकमिटी सदस्य तथा एम्स एकेडमीका अध्यक्ष प्रकाश राईले बताए। नेकपाका धरान नगर अध्यक्ष नारायण सुबेदीले अखिल सधै समाज रुपान्तरणको बाटोमा रहेको र यसले समाजमा सकारात्मक सन्देश बाड्दै हिड्ने दाबी गरे।

दिपेन्द्र बाल क्लबका उपाध्यक्ष रोमा बिकले प्रधानलाई जन्मदिनको शुभकामना दिदै यो कार्यले समग्र विद्यार्थीहरुलाई उत्साहित बनाएको बताइन। साना विद्यार्थीहरुसँग जन्म दिन मनाउन पाउदा खुशी भएको प्रधानले बताए । कार्यक्रममा केन्द्रिय प्रबिधी हात्तिसारका उप प्राध्यापक अर्जुन घिमिरे, क्याम्पसकै माइक्रोबायोलोजी बिभागिय प्रमुख धिरेन सुब्बा लिम्बु, शिक्षण सहायक अर्जुन घिमिरे, अनेरास्ववियु जिल्ला कोषध्यक्ष मणि राई लागायतको उपस्थिति रहेको थियो।