जनकपुरधाम : धनुषामा शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्युु भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर बजारमा शुक्रबार राती करिब पौने १२ बजेको समयमा भएको विष्फोटमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल सहित तीन जनाको मृत्यु भएको छ । त्यस्तै मेडिकल व्यवसायी ४८ वर्षिय राजेश साह, उनका करिब १६ वर्षिय छोरा आनन्द साहको समेत मृत्यु भएको छ भने साहका अर्को छोरा प्रकाश साह, छोरी अन्जली साह, प्रहरी जवान रिजन महतो घाइते रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

राजेश साह र उनका छोराको मृत्यु जनकपुरधामकै प्रादेशीक अस्पतालमा भएको छ भने प्रहरी निरीक्षकको उपचारको क्रममा धरानमा भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।