धरान: नेवा: देय् दवू धरान उपमहानगर समितिले ४ दिने यःमरी साँस्कृतिक तथा पर्यटन उत्सव आयोजना गर्ने भएको छ ।

यःमरी उत्सव पुष ९ गतेदेखि १२ गतेसम्म धरान १२ छाताचोकमा हुने भएको हो । मंगलबार नेवार समुदायको बौद्धिक तथा सामाजिक व्यक्तित्वहरुको भेलाले यःमरीको महत्व र यःमरी उत्सवलाई प्रभावकारीरुपमा सम्पन्न गर्नेबारे छलफल गरेको पनि दबुले जनाएकोछ । दवूका धरान अध्यक्ष मनोहर शाक्यले नेवारी परिकार र संस्कृतिलाई नयाँ पुस्ता र गैरनेवार समुदायबीच पु¥याउन उत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नेवार जातीको संस्कृतिसँगै अन्य जातीहरुको संस्कृतिलाई पनि उत्सवमा समेटिने जानकारी दिए ।

चार दिने उत्सवमा नेवार जातीको गीत तथा नृत्य प्रर्दशन गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने, नेवारी परिकार र पहिरन प्रर्दशन गरिने भएको छ । यस्तै, धरानमा रहेका अन्य जाती तथा जनजातीहरुको पनि सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रर्दशन गरिने आयोजकको भनाईछ । यःमरी पुर्णे मंसिर शुक्ल पक्षको पूर्णिमाका दिन मनाईन्छ ।

yamari1 1

यःमरी नयाँ चामलको पिठोबाट बनाईने एक प्ररिकार हो । चामलको पिठोलाई दुई तिर चुच्चो भएका डल्लोेको विचमा चाकु राखेर पानीको बाफमा पाकाएर तयार गरिएको हुन्छ । विभिन्न आकार र परिकाले वनाईने यःमरी धरै प्रकारको हुने गर्दछ । यःमरी परिकार नेवार समुदायले यमरी पुर्णेका दिन मात्र नभएर विभिन्न विभिन्न अवसरमा आवश्यक हुने र यसलाई बनाउन निकै मेहनत गर्नुपर्ने राजविमल श्रेष्ठले बताए ।

विगतका यःमरी उत्सवमा माग अनुसार प्रयाप्त पु¥याउन नसकेको र यःमरीको गुणस्तरमा पनि ध्यान दिन नसकिएको गुनासो आएकोले यस पटक त्यसमा सुधार गर्नुपर्ने समाजसेवी सरला कायस्थले सुझाव दिइन् । यःमरी बनाउन आवश्यक प्रशिक्षण दिनुपर्ने सबबाट माग भएपछि प्रशिक्षणका लागि सिद्धि नेवाः परिषद्ले सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न खलः पूच तथा नगरका समाजिसेवी बुद्धिजिवि अगुवा व्यक्तित्वहरुको बाक्लो सहभागिता रहेको थियो ।