झापा : झापाको दमक नगरपालिकामा जारी नगरको शिक्षा निती संबन्धी अन्तरक्रियात्मक गोष्ठि बिहिबार सम्पन्न भएको छ ।
दमक नगरपालिकाको आयोजनामा भएको सो अन्तरक्रियात्मक गोष्ठिमा शिक्षा क्षेत्रका विज्ञ, दमकको शिक्षा सरोकार राख्ने सरोकारवाला, विद्यार्थी, प्रध्यापक, शिक्षक तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

स्थानीय तहमा शिक्षा संचालननमा देखिएका जटिलतालाई अन्त्य गर्दै समय अनुकुल शिक्षा निति निर्माण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले बताए । संविधानमा माध्यमिक शिक्षा सम्मको जिम्मेवारी र अधिकार स्थानीय सरकार मातहत व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भए अनुरुपका शिक्षाका कार्यहरु सञ्चालन गर्नका लागि स्थानीयको जिम्मामा आएको छ । स्थानीय तहको आकार, भौगोलिक तथा जनसांख्यिक स्वरूप, विद्यालय, विद्यार्थी तथा शिक्षक संख्या समेतका आधारमा सिर्जना हुने कार्यबोझ र सेवा प्रवाह दृष्टिगत गरी स्थानीय तहमा शिक्षाको संरचना तथा जनशक्ति व्यवस्थापनका लागि कार्यक्रमको आयोजना गरिएको नगरपालीकाले जनाएको छ ।