धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित सशस्त्र प्रहरी वलको सुरक्षा पोष्ट चतराको पैदल गस्तीले तस्करी गरिएको काठ वरामद गरेको छ ।

सशस्त्रका प्रहरी निरीक्षक अशोक न्यौपानेको कमाण्डमा खटिएको गस्ती टोलीले बाँस बोकेको पिकअप बोलेरो गाडीभित्र अवैधरुपमा रहेको काठ वरामद गरेको हो । गाडी र काठ वराबमद गरिए पनि बोलेरो चालक भने फरार रहेको सशस्त्र प्रहरी वल सुरक्षा चेकपोष्टले जनाएको छ ।

प्रहरीका अनुसार सशस्त्रको गस्ती टोलीलाई देखेपछि बाँस बोकेको को २ च २४३ नम्बरको पिकअप बलेरो छोडेर चालक फरार भएका थिए । प्रहरीले उक्त गाडी चेकजाँच गर्दा बाँस मुनि १६ क्युफिट सालको चिरानी काठ भेटिएको थियो । यसको मुल्य अन्दाजी ७२ हजार बराबर भएको प्रहरीको भनाई छ । यस्तै, अन्दादी ५ लाख बराबरको पिकअप बलेरो गाडी पनि वरामद भएको प्रहरीको भनाई छ । काठसहितको गाडी नियन्त्रणमा लिएर वन कार्यालय बराहक्षेत्र २ चतरामा बुझाएको पनि सशस्त्र प्रहरीले जनाएको छ ।

kath