धरान: महेन्द्र बहुमुखी क्यापस धरानले आयोजना गरेको वतृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ ।

नेपाल भ्रमण बर्ष २०२० को अवसर र चुनौती बिषयक वक्तृत्वकला प्रतियोगितामा बि.ए.प्रथम बर्षकी छात्रा सञ्जिता धमला प्रथम भएकी छिन् भने बि.ए.प्रथम बर्षकै छात्र निलेश विष्ट दोस्रो र बिबिएस दोस्रो बर्षका किरण राई तेस्रो भएका छन् । यसैगरि, बि.एड.प्रथम बर्षकी सम्झना बस्नेत सान्तवना भएकी थिइन् । प्रतियोगितामा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर नेपाल भ्रमण बर्ष २०२० घोषणा गरेको छ । अबको केही दिनमा नै भ्रमण बर्ष शुरुवात हुदैछ । कार्यक्रमका संयोजक धनहाङ सुब्बाको सभापतित्व र क्याम्पस प्रमुख दामोदर भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । शुभकामना मन्तव्यको क्रममा क्याम्पस प्रमुख भण्डारी भ्रमण बर्ष नेपालको महाअभियान भएको र समृद्धिको आधार पनि पर्यटन भएकोले सबैले सफल बनाउन सहयोग गर्नुपर्ने बताए ।