दमक : प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दमकलाई शैक्षिक हबको रुपमा बिकास गर्नको लागी प्रदेश सरकारले बन बिज्ञान कलेज स्थापना गर्न लागेको बताएका छन् ।

सोमबार झापाको दमक बहुमुखी क्याम्पसको खेलकुद सप्ताहको समापनसँगै पुरस्कार बितरण तथा भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समयमा बिद्यार्थीमा प्राबिधिक धारको अध्ययनको रुची बड्दै गएकोले चाडै दमकमा बन बिज्ञान कलेज स्थापना गर्न लागेको जनाए । सो अवसरमा उनले दमक क्याम्पसको नबनिर्मित भवन चैत्र मसान्त भित्रमा सम्पन्न हुने भएकोले त्यस भवनमा चाहिने आवश्यक फर्निचर खरिदका लागी प्रदेश सरकारले बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए ।

शिलान्यास गरिएको भवन बिश्व बिद्यालय अनुदान आयोगद्धारा संचालित शिक्षा सुधार परियोजना कार्यक्रम अन्तरगत बिबिए, बिसिए, ल्याबरोटोरी कक्षा संचालन गर्नको लागी बन्न लागेको क्याम्पस प्रशासनले जनाएको छ ।

१ करोड ७५ लाख ८ हजार ७ सय ३२ रुपैयाको लागतमा निर्माण हुने भवन प्रबिण निर्माण सेवा दमकले चैत्र २० सम्ममा निर्माण सम्पन्न गर्ने जनाइएको छ । यस क्याम्पसमा पछिल्लो समया प्राबिधिक धारका कक्षाहरु समेत अध्यापन हुदै आएकोले थप सि एस आइ टि र इन्जिनियरिङ कक्षा संचालन गर्ने योजना रहेको दमक क्यामपसका अध्यक्ष देबी प्रसाद दाहालले जानकारी दिए । यस्तै गत ६ गतेबाट शुरु भएको खेलकुद सप्ताहकोपनि सोमबार समापन गरिएको छ ।