काठमाडौं : अम्बामा प्रशस्त मात्रामा आइरन र हेमोग्लोबिन पाइन्छ । आधा पाकेको अम्बाले पेटसम्बन्धी रोगका लागि फाइदा र्पुयाउँछ । पाकेको अम्बाले तागत बढाउँछ ।

पेट सफा गर्न, दाँत बलियो बनाउन र भोक जगाउन अम्बाको सेवन राम्रो मानिन्छ । यसमा भिटामिनको मात्रा पनि प्रशस्त हुने भएकाले रोगसंग लड्ने क्षमता बढाउछ । दम, खोकी र ग्यास्ट्रिक कम गर्न अम्बा सहयोगी हुन्छ । पेटमा चुर्ना परेका वेला, टन्सिल हुँदा यसको पात र बोक्राको प्रयोगले फाइदा गर्छ ।

झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ ।