झापा : झापाको दमक १ स्थीत भृकुटी माध्यामिक विद्यालयका ८० जना विद्यार्थीहरुलाई शुक्रबार न्यानो कपडा वितरण गरिएको छ ।
केही दिनयता तराईका जिल्लामा बढेको चिसोका कारण विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरुको समस्यालाई मध्य नजर गर्र्दै दमक १ नम्बर वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो । सो अवसरमा बाल कक्षा देखि कक्षा ५ सम्मका अध्ययनरत विपन्न ८० जना बालबालीकाहरुलाई स्वीटर, टोपी र ट्राउजर वितरण गरिएको वडा नम्बर १ का अध्यक्ष ताराप्रसाद अधिकारीले बताए । १ नम्बर वडा कार्यालयले सामाजिक उत्तर दायित्व अन्र्तगत वडाका ७० जना विपन्न परिवारलाई सिरक र ब्ल्याङकेट पनि वितरण गरेको जनाएको छ ।

यसै गरि सो अवसरमा किराँत राई यायोक्खा दमक नगर समितिलाई ५० थान कुर्सी प्रदान गरेको वडा सचिव अन्जु पौडेलले जानकारी दिईन् । न्यानो कपडा वितरण कार्यक्रममा जनप्रतिनिधिसंगै शिक्षा शाखा प्रमुख दिनेशकुमार न्यौपाने, स्वास्थ्य शाखाका इन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।