इटहरी :  इटहरी उपमहानगरपालिकाको गेट अगाडी सयौंको संख्यामा सफारी चालक भेला भएका छन् । बिभीन्न समुहमा बाढीएर उनीहरु दुखेसो गर्दैछन्  सरकारले गरीबमाथी अन्याय गरेको भन्दै उनीहरुदुःख पोखीरहेका छन् ।
त्यही भिडको बिचमा नरबहादुर बिक चिच्याइरहेका छन् । सरकारले सिटी सफारी चालकलाई अनिवार्य लाइसेन्सको व्यवस्था गरेपछी आफुहरु समस्यामा परेको उनको गुनासो छ । सानोमा पनि गरीबीले पढ्न दिएन  अहिले बालबच्चा पढाउन सफारी चलाउन थालेको तर लिखीत परीक्षा दिनुपर्ने रे , म जस्तो अनपढले कसरी परीक्षा दिनु ?, बोली अड्कीएको स्वरमा उनले भने, लाइसेन्स भएन भने कारबाही गर्छन् । दिनभरी कमाएको जती ट्राफीकलाई बुझाउँदै ठिक हुन्छ  साँझमा बुढीले खै पैसा भन्छे अनी हामी के गर्नु ? बालबच्चा कसरी पाल्ने कसरी पढाउने ?

city-safari-2

सुकुम्बासी टोलमा छाप्रो हालेर बसेका उनी करले बाच्नै नदीएको बताउँछन् । पहिला १ हजार कर तिर्दा हुने ठाउँमा अहीले ६ हजार ५ सय तिर्नुपर्ने भएको उनको भनाई छ । ‘हामी गरीबले बाच्च नपाउने अवस्था आयो' उनी फेरी पनि दोहोर्याउछन् , बालबच्चा पाल्न सफारी लिएर निस्कीयो  हामी गरीबले कसरी बाच्ने ? न जग्गा छ न अरु आम्दानी छ’  उनी संगै उभिएका अजय चौधरीको पनि समस्या उस्तै छ । "आफु सानो छदै आमा बितीन् , बाबुले पढाएनन् , त्यही इखले छोराछोरी पढाउन सफारी चलाउँदै छु ' उनी भन्छन् , तर लिखीत परीक्षा नदीइ नहुने रैछ । हामी जस्तो औठा छापले के गर्नु ?’

उपमहानगरको गेट अगाडी भेला भएर सफारी चालकहरु यस अघि पनि आन्दोलीत थिए । यस अघि स्थानीय सरकारले बढाएको करको बिरुद्धमा आन्दोलीत उनीहरु पुन: उपमहानगरको गेटमा पुगेका हुन् ।