धरान : धरान १३ स्थित रहेको श्री पब्लिक मावि फुस्रेको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ ।

१ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न ६७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको हो । सभामुख भण्डारीले विद्यार्थीहरुलाई छात्रवृत्ति, खेलकुद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्दै भने, ‘आफुले प्रदेश सरकारबाट विद्यालयलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको र पुनः आवश्यक परे सहयोग गर्नेछौं ।’

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक पुरुस्वत्तम निरौलाले ६७ वर्षको सफलता सँगै प्रदेशभरीका विद्यालय मध्ये यस विद्यालयलाई नमुना विद्यालयका रुपमा अगाडी ल्याउन खोजिएको बताए । ‘वि.सं. २००९ सालमा स्थापना भएको यस विद्यालय धरानको एक पुरानो विद्यालय हो’, अहिले यस विद्यालयमा ४ सय १२ जना विद्यार्थी छन् ।’ प्रअ निरौलाले उक्त समारोहमा विद्यालयको वार्षिक आयव्यय तथा अन्य गतिविधिबारे प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।

pb-mabi

कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद जयकुमार राई विद्यालय पुनः निर्माण गर्न आफ्नो तर्फ सक्दो पहल गर्ने बताए । वार्षिकोत्सब तथा अभिभावक समारोहमा संघीय सांसद जयकुमार राई, शिक्षा समन्वय ईकाई सुनसरीका प्रमुख रमेश बहादुर दाहाल, पुर्व विद्यार्थी तथा एक नम्बर ट्राफिक प्रहरी प्रमुख भिम दाहाल, पुर्व प्रअ कुमार मान श्रेष्ठ, धरान उपमहानगर शिक्षा शाखा प्रमुख रत्न कट्वाल, धरान १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले, अभिभावक लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम विव्यस अध्यक्ष जनसेवक भण्डारीको सभापतित्वमा भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन सहायक प्रअ लक्ष्मण राईले गरेका थिए ।