धनकुटा : चिसो बढेसँगै डा.राम प्रसाद पोख्रेल आँखा अस्पताल धनकुटामा आँखाको शल्यक्रिया गराउन आउने बिरामीको चाप बढेको छ ।

गर्मी मौसममा आँखाको शल्यक्रिया गर्नेहरु त्यति नआए पनि जाडो मौसममा दैनिक चार जनासम्म आउने गरेका छन् । मोतिबिन्दु, आँखामा मासु पलाएको, आँसु नली कमजोर भएको तथा आँखाको ढक्कनभित्र छिरेका बिरामी आउने गरेको नेत्रज्याति संघ धनकुटाले जनाएको छ ।

जाडो मौसमलाई आँखाको शल्यक्रियाका लागि उपयुक्त ठानेर आउने गरेको नेत्रज्योति संघ धनकुटाका अध्यक्ष रोशेस श्रेष्ठले जानकारी दिए । धनकुटामा अहिले दैनिक एक सयको हाराहारीमा सेवाग्राही आँखाको उपचारका लागि आउने गरेका छन् । अस्पतालमा धनकुटासहित संखुवासभा, तेह्थुम, भोजपुरलगायतका जिल्लावाट बिरामीहरु आउने गरेका छन् । (फायल फोटो)