झापा : झापाको शिबसताक्षी ७ स्थीत फाक्तेपमा रहेको बालसेवा आधारभुत विद्यालयले ४६ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ ।

२०३० सालमा स्थानीय वुद्धिजिवी तथा शिक्षासेवीहरुको सक्रियतामा स्याउला र बाँसको कटेरोबाट सुरुवात गरिएको यस विद्यालयले बिहिबार ४६ औं वर्षगाँठ मनाएको हो । विभिन्न आरोह अवरोह पार गर्दै अहिले पक्की भौतिक संरचनामा पठनपाठन भईरहेको यस विद्यालयले उत्पादन गरेको विद्यार्थीहरु राज्यको माथिल्लो ओहोदामा समेत पुग्न सफल भएको कार्यक्रममा बताइएको थियो । कार्यक्रमको नगर प्रमुख चन्द्रकुमार शेर्मा तथा नगर शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले संयुतmरुपमा उद्याटन गरे । वार्षिकोत्सवको अवसरमा पुर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई र २ जना दिर्गसेवी शिक्षकलाई सम्मान गरिएको थियो भने अवकाश गरेका ५ जना शिक्षकहरुलाई विदाई समेत गरिएको शिक्षक मुकेश यादवले बताए ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले विद्यालयको वार्षिक गतिविधि प्रस्तुत गरे । विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा दुई जना दाताहरुले आफ्ना दिवंगत परिवारको स्मृतिमा छात्रावृद्धि अक्षयकोष स्थापना गरेको छ । जसअनुसार स्थानीय शिक्षा सेवी भुवानी प्रसाद शेर्माले स्वर्गिय छोरी सुजना शेर्माको स्मृतिमा १ लाख ५१ हजार रुपैयाँको सुजना शेर्मा स्मृति छात्रावृत्ति अक्षयकोष स्थापना गरे भने समाजसेवी जितेन्द्रराज चेम्जोङले आफ्ना स्वर्गिय आमाबुबाको स्मृतिमा ५१ हजार रुपैयाँको धनवर्ण हंशमाया आङदेम्बे चेम्जोङ छात्रावृत्ती अक्षयकोष स्थापना गरे । सो अवसरमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।