इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले घरैमा पुगेर जागीर दिन्छु भनेका अपांग युवा रोजगारीको खोजीमा भौतारीरहेका छन् । इटहरी-२ का मानबहादुर भुजेल अहिले पनी जागीरकै खोजीमा छन् । २०७५ कार्तीकमा इटहरी उपमहानगरपालिकाका मेयर चौधरीले उनको घरैमा पुगेर जागीर दिने प्रतिबद्धता जनाएका थिए ।
मेयर चौधरी अनुगमनको क्रममा उनको गाउँमा पुगेका थिए । सोही क्रममा उनको घरमा पसेका मेयर चौधरीले जागीर लगाइदिने बचन दिएकाृ भुजेल बताउँछन् । मेयरको भनाइ सम्झदै उनी भन्छन् ,‘मेयर साबले तपाईको सम्पुर्ण डकुमेन्ट लिएर भोली नै नगरपालिका कार्यालयमा आउनु तपाईको जागीरको जिम्मा म लिन्छु भन्नुभयो ।’ मेयर संगै गएका उनका प्रेस सल्लाहकार लिलाराज भट्टराईले मेयर संग केही माग राख्न मन लागे राख्नुस् भनेपछी आफुले जागीर लगाइदिन भनको उनको भनाई छ ।
बिहीबारको दिन मेयरले बचन दिएपछी उनी दुइदिन पछी अर्थात आइतबार नै नगरपालिका पुगेर बायोडाटा बुझाएको उनले बताए ।

आफ्नो पढाइ र क्षमता अनुसार रोजगारी दिन भनेको उनी बताउँछन् । हाल सम्म जागीर नपाएपनि मेयर चौधरीले बचन खेर जान नदिनेमा उनी आशाबादी छन् । आफु अरु केही पनि गर्न नसक्ने भएपछी अफीसमा काम गर्न भने सक्ने बताएको र सोही अनुसारको जागीर खान योग्य रहेको उनी बताउँछन् । केही दिन अगाडी अपांगता परीचयपत्र बुझ्न उपमहागरको कार्यालयमा आएका उनले फेरीपनि मेयर साबले जागीर दिने बचन दिनु भएको बताए । सकेसम्म चाडंै जागीरमा जान पाए मन खुसी हुने उनी बताउँछन् ।
डेढ बर्ष देखी एउटा हात र दुवै खुट्टा नचल्ने भएका उनी ह्वील चेयरको सहायताले हिडडुल गर्छन् । स्कुटर र ह्वील चेयर चड्न पनि अरुको सहारा लिनुपर्ने भएपछी केही काम त गर्नै पर्ने महसुस भएको उनी बताउँछन् । हाल उनी स्नातक तह तेस्रो बर्षमा अध्ययनरत छन् । नियमीत कक्षाकोठामा उपस्थित भएर पढेका उनी जागीर पाए आउन जान समस्या नहुने सुनाउँछन् । उनी भन्छन्, ‘मेरोलागी अहिले जागीरको खाँचो छ । बसेर गर्ने काम ८ घण्टा सम्म गर्न सक्छु । किनकी मलाई केही त गरेर देखाउनु नै छ ।’