इटहरी : लिम्बुवान किरात संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम 'लिम्बुवान किरात ' राख्‍न माग गरेको छ । हिँउदे अधिवेशन सुरुहुनै लाग्दा संघर्ष समितिले सरकार समक्ष नामको माग पेस गरेको हो ।

माघ २३ सुरु हुने अधिवेशनमै नामको टुङ्गो लगाउने चर्चा चलिरहदा लिम्बुवान किरात संयुक्त नामको प्रस्ताव सहित समितीले सरकार समक्ष माग गरेको हो । संयुक्त नामकोलागी नेकपाका आदिवासी नेता र लिम्बुवानका नेताहरु अहिले एक ठाउँमा देखिएका छन् । मोर्चाको पहिलो लाईनमा देखिने कुमार लिङ्देन अहिले मोर्चाको तेस्रो नम्बरमा देखिन्छन् । मोर्चाको पहिलो नेतृत्व नेकपा सम्बद्ध लिम्बु राष्ट्रिय मोर्चाका संयोजक तथा धरानका नेकपाका नेता  मुक्सामहाङ मेन्याङ्बो देखिन्छन् ।

limbuwan-bigyapti

लिम्बुवान मात्र नाम हुनु पर्छ भन्दै आन्दोलनमा आएको लिम्बुवान मन्चका अध्यक्ष लिङ्देन पनि लिम्बुवान किरात नामको सन्दर्भमा एक ठाउमा देखिएका छन् । 'आफै-आफै नै नमिल्ने तर्क राज्य पक्षकाले गर्दै आएका थिए" लिङ्देनले भने 'अहिले हामि एकै ठाउँमा आएका छौ,अब के तर्क निकाल्ने हो फेरि।' प्रदेशको भौगोगिक अवस्था, सामाजिक, सांस्कृतिक, पहिचानको आधारमा लिम्बुवान स्वायत्त प्रदेश प्राप्तीको लागि उठेका राजनीतिक आन्दोलनहरु, विगतमा नेपाल सरकारसँग पटकपटक भएका सहमतिहरु र सात सालको क्रान्ति, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, लिम्बुवान आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनगर गर्दै ‘लिम्बुवान, किरात’ नाम हुनुपर्ने समितिको जिकिर छ।

संघर्ष समितिको बिज्ञप्तिमा २१ संगठनहरुले हस्ताक्षर गरेका छन् । हिउँदे अधिवेशनबाट प्रदेश १ को नामकरण टुंगो लगाउने मुख्यमन्त्री शेरधन राईले उद्घोष गरेका थिए ।