इटहरी: इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीको कारण इटहरीका व्यवासायीहरु आतंकीत भएका छन् । उपमहानगर कार्यालय अगाडीको पान पसलमा फोहोर गरेको भन्दै पसल बन्द गरेपछी इटहरीका व्यवासायीहरु मेयर चौधरीले आतंक फैल्याएको बताउँछन् ।

केही दिन अघी कार्यालय अगाडीको कृष्णा किराना पसलबाट गुड्का जफत गरेर जलाएका थिए । पसलका संचालक काजी शाक्यका अनुसार के के बेच्छौ भन्दै मेयर चौधरीले सोधेको र केही छिन पछी आइ सामान जफत गरेर जलाइदिएका थिए । सोही दिन न्यू पान पसलको सामान जफत गर्न लागेका उनीसंग स्थानीयको भनाभन भएको थियो । त्यसपछी सामान छाडेर कार्यालय प्रवेश गरेका थिए । त्यसको ३ दिन पछी आइतबार ११ बजे नै नगर प्रहरी लगाएर उक्त पान पसल बन्द गरीदिएका छन् ।
व्यवसाय बन्द गर्नुपर्ने बिषयको पत्र टाँस गरेर उनले फोहोर मैला गरेकोले बन्द गर्नुपरेको उल्लेख गरेका छन् । मेयर चौधरीकै हस्ताक्षर रहेको पत्रमा उपमहानगरको वातावरणशाखा लाई बोधार्थ दिइएकोछ ।

यस अघि उनले इटहरी उपमहानगरपालिका कार्यालयमा रहेको खानेपानीको बिल काउन्टर समेत बन्द गराएका थिए । मेयरका पछील्ला गतिबिधी अपाच्य भएको भन्दै व्यावसायीक संघ संगठनले आन्दोलनको तयारी थालेका छन् ।