इटहरी : प्रदेश १ को हिउँदे अधिवेशनको दोस्रो तथा आइतबार बसेको प्रदेश सभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपालीले आफ्ना नेता बिजयकुमार गच्छदारलाई एकतर्फि मुद्दा चलाएको भन्दै प्रदेश सभा अवरुद्ध गरेको हो ।

सरकारले सर्वसत्तावाद लागू गरेको भन्दै आफूहरूले सदन अवरुद्ध गर्न बाध्य भएको कांग्रेस प्रदेश १ का संसदीय दलका सचेतक सूयार्माराज राईले बताए । आइतबारको सदन अबरुद्ध भएपछि २७ माघ दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले विरोध जनाउँदै आएको छ।