काठमाडौं : चीनको वुहान शहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै पहलकदमी अगाडि बढाउन सकेको छैन् ।

अभिभावकले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले नसुनेझै गर्दै आएको छ । ती नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारी अधिकारीबाट कुनै जवाफ आएको छैन् । नेपाल सरकारले बुहानमा रहेका नेपाली फर्काउन आनाकानी गर्दै आएको भन्दै अभिभावक सोमबार विश्व स्वास्थ्य संगठन, (डब्लूएचओ), र यूएनको सम्पर्क कार्यालय जाने भएका छन् ।

अभिभावकले दबाब दिन र डब्लूएचओ मापदण्डबारे जानकारी लिन दुवैको सम्पर्क कार्यालय जाने भएका हुन् । अभिभावकले दबाब स्वरुप आइतबार राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण गराएका थिए । उनीहरुले तत्काल आफन्तको उद्धार गर्न आयोगका पदाधिकारीसमक्ष आग्रह गरेका छन् । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराउँदै चीनमा रहेकबा नेपालीको उद्धार तत्काल अघि बढाउन भनेको छ ।