विराटनगर : खुल्ला सिमाको फाइदा उठाउँदै गिरोहले लागूऔषध तस्करीमा बालवालिकाको प्रयोग गर्ने गरेको भेटिएको छ ।

विराटनगर-१२ मा रहेको बखरी प्रहरी चौकीका ईन्चार्ज गंगा बहादुर खत्रीको प्रहरी टोलीले भारतको जोगवनीबाट लुकाएर ल्याउदै गरेको लागुऔषध सहित एक बालक पक्राउ परेका छन् ।

धरानका १४ वर्षिय बालकको शरिरमा टेपले बाधेर ल्याएको अवस्थामा लागूऔषध सोमबार विराटनगर १२ आइतबारेको नहरबाट बरामद गरेको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिनुभयो । ‘जोगवनीमा लागूऔषध सेवन गरेपछि तस्करीमा संलग्न गिरोहले लागूऔषध बालकको शरिरमा टेपले बाधेर पठाइदिएको पाइयो,’ एसपी अधिकारीले भन्नुभयो, ‘ती बालकलाई तस्करीमा संलग्न गिरोहले गन्तब्य सम्म पुर्याए १५ सय रूपैयाँ दिने सहमति गरेका रहेछन् ।’

प्रहरीले पक्राउ गरेको ती बालक लागूऔषध दुव्र्यसनी रहेको पाइएको छ । तीन महिनादेखी लागूऔषधको लतमा लागेको उनले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले उनको साथबाट ७५ सेट लागूऔषध बरामद गरेको छ । एभिल २५ सेट, डाइजे २५ सेट र नरफिङ २५ सेट गरि ७५ सेट लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

समाचार तथा तस्बीर : प्रेम देवान बाट