काठमाडौं : उपसभामुख पदबाट राजीनामा दिएर अग्नी प्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलिदिएकी शिवमाया तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीको सपथ ग्रहण गराउने भएका छन् ।

शिवमायाको साढे ३ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । उनलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए ।