इटहरी :  बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्ण बहादुर गिरिलाई पुर्पक्षको लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिन नपाई उनी फरार भए । फरार भएका गिरीलाई पक्राउ गर्ने प्रहरी आफै लाचार देखीएको छ ।

धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश बदर गर्दै उच्चले आदेश उल्टाएको थियो । आदेशपछी पिडीत पक्ष गिरी पर्पक्षमा जाने ढुक्क भएका थिए ।  तर अदालतले आदेश सुनाउनै नपाई उनी भारत पुगीसकेका थिए । गत माघ ९ गते उच्च अदालतका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठ र न्यायधिस प्रेमराज कार्कीको इजलासले गिरीलाई पुर्पक्षको लागी थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालतमा दोषी प्रमाणीत हुने आधार र प्रमाण पर्याप्त भएकोले आफु थुनामा जान सक्ने बुझेरै उनी भारत प्रस्थान गरेका हुन ।

उनी भारत प्रवेश गरेलगत्तै प्रहरीले खोजीकार्य तिब्र पारीएको प्रतिक्रिया दियो । उनको सुरक्षार्थ खटीउका नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई छाडेर उनी जोगवनी नाका हुँदै भारत प्रवेश गरे । गिरीले प्रयोग गर्दै आएको ‘ग १ च ८१५७’ नम्बरको जीप लिएरै उनी फरार भए । उनी फरार भएको २३ दिन बितीसक्दा समेत उनी पक्राउ पर्न सकेका छैनन् ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलका अनुसार गिरीको खोजीकार्य तिब्र पारीएको छ । हेटक्वाटरदेखी जिल्ला प्रहरी कार्यालयको टोलीले समेत समन्वय गरीरहेको उनले बताए तर अहिले सम्म उनी भारतको कुन ठाउँमा रहेको भन्ने बारे कुनै जानकारी नपाएको उनको भनाई छ ।

krishna-das

प्रदेश १ प्रहरी कार्यलय बिराटनगरको प्रवक्ता एसएसपी शेखर कोइराला यो अदालती बिषय भएकोले आफुहरुलाई जानकारी नभएको बताउँछन् । अदालतबाट अहीलेसम्म पक्राउ पुर्जी आइनसकेकोले प्रहरीले कुनै प्रकृया अगाडी नबढाएको उनको भनाई छ । अदालतबाट पुर्जी आएपछीमात्र प्रहरी परीचालन गर्ने र खोजीकार्य तिब्र बनाइने उनले बताए ।  प्रहरीकै भनाई बाझीएपछी गिरी पक्राउ पर्ने आशंका गर्न थालीएको छ । प्रहरीका उच्च अधिकारी देखी राजनैतीक नेतृत्व सम्म पहुँच राख्ने गिरी लाई पक्राउ गर्नबाट प्रहरीले आनाकानी गरीरहेको छ ।

गत १४ पुसमा जिल्ला अदालत सुनसरीका न्यायधिस राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारवाही प्रक्रिया अगाडी बढाउनु पर्ने भन्दै उच्च अदालतमा अघिल्लो बिहीबार मुद्दा दर्ता भएको थियो ।  जिल्ला अदालत सुनसरीको फैसला न्याय संगत नभएको भन्दै सरकारी वकिल कार्यलयले उच्चमा मुद्दा दर्ता गरेको थियो । गिरीले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए ।

पिडीत महिला समक्ष गरेको फोन रेकर्डमा गिरीले माफी मागेको आवाज थियो । रेकर्ड आएपछि अनुसन्धानमा एउटा गतिलो प्रमाण रुपमा अनुसन्धानकर्ता सँग फेला पर्यो । प्रहरीले अनुसन्धानमा कंजुस्याई गरेको आरोप सुरुदेखि नै लाग्दै आएको छ ।