धरान : प्रधानमन्त्री केपी शर्मा ओलीको आज ६९ औँ जन्मदिन । प्रधानमन्त्री ओली आज आफ्नो जन्मदिन मनाउन जन्मघर तेह्रथुमको आठराई आउदैछन् ।

सोहि अवसरमा आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिनको अबसरमा आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको हो । ओलीको तस्वीर, हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । जन्मदिन मनाएपछि प्रधानमन्त्री ओलीले केहि विकास निर्माणका कामको सिलान्यास गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।