पथरी : पथरी इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले कार्यभार सम्हालेसंगै फरार अभियुक्तलाई नियन्त्रणमा लिन थालेका छन । पुष १६ पछि मात्रै ३३ जना अभियुक्तलाई नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ । अदालतको फैसला भए पनि सजाय नभएका उनीहरुलाई पथरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

गिरी इलाका प्रहरी प्रमुख भएर पथरी आए संगै ‘एक्सन’मा उत्रिएका छन् । गिरीले फरार सुचिमा रहेका अपराधीलाई नियन्त्रणमा लिएपनि गत वैशाखमा भएको रिना वस्नेत मृत्यु प्रकरणका वारेमा भने अनुसन्धानकै क्रममा रहेको प्रहरी वताउदै आएको छ । सिक्का बारवाट लडेर मृत्यु भएका भनिएका पथरीशनिश्चरे ७ का षडराज तामाङ्गको मृत्यु प्रकरण वारे पनि प्रहरीले अनुसन्धान नै गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख दिलिप कुमार गिरीले वताए ।

Pathari-Sikka-Dance-Bar
फागुन १६ गते २६ वर्षका षडराज तामाङको रातको ११ वजे रगताम्य अवस्थामा प्रहरीले गोर्खा गल्लीमा शव फेला पारेको थियो । त्यस्तै बैशाख ७ गते पथरी बजारमा डेरा बस्दै आएकी २९ बर्षीय रिना बस्नेतको रहस्यमय मृत्यू भएको थियो ।

स्थानिय सिक्का बार एण्ड लजमा साथीहरु संग रमाईलो गरि घर फर्किने क्रममा बार छेउको वाटोमा रगताम्य भएको अवस्थामा तामाङ मृत अवस्थामा फेला परेको स्थानिय बताउछन । प्रहरीले तामाङको मादक पदार्थ सेवन गरि ३ तला माथीवाट लडेर मृत्यु भएको बताउदै आएको थियो भने तामाङको परिवार भने हत्या भएको दावी गर्दै शव बुझ्न मानेका थिएनन् ।

२०७५ फागुन १६ गते २६ वर्षका षडराज तामाङ र २०७६ बैशाख ७ गते २९ बर्षीय रिना बस्नेतको रहस्यमय मृत्यू भएको थियो । उनीहरुको मृत्युलाई स्थानियवासीले ‘हत्या’ भन्दै आएका छन् । प्रहरीले सो को फाइल अनुसन्धानकै क्रममा रहेको बताएपनि अहिले सम्म कसैलाई नियन्त्रणमा लिएको छैन् । रिना मृत्यु प्रकरणमा उनका प्रेमी भनिएका कमल नेपाललाई केहि समय नियन्त्रणमा लिएपनि पछि उनको संलग्नता पुष्टी नभएको भन्दै रिहा गरेको थियो ।
सो वारेमा प्रहरी नायव उपरिक्षक गिरी भन्छन् ‘दुवै घटनाको वारेमा अनुसन्धान जारी छ । सुक्ष्म रुपमा अनुसन्धान भईरहेको छ , परिणाम आउन केहि समय लाग्छ' ।

गिरीका अनुसार पथरीमा पछिल्लो समय लागुपदार्थ कारोवारमा संम्लग्न, हातहतियार वेचविखनमा संम्लग्न , साइबर क्राइम, लगायतका घटनामा अदालतले दोषी ठहरिएकालाई पक्राउ गरिएको छ ।
त्यसो त प्रहरीले चोरी डकैतीका घटनामा संलग्नलाई पक्राउ गर्न थालेको छ । हालै मात्र प्रहरीले मोटरसाइकल चोरीमा संम्लग्न लाई पक्राउ गरेको छ ।