इटहरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफुलाई फसाउने गिरोह नै लागिपरेको बताएका छन ।

शुक्रवार बालिका खड्का (राई)  नाम गरेकी महिलाले राईविरुद्ध  काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा  दायर गरेपछी राईले सार्वजनिक मञ्चबाटै फसाउने खेल भएको स्पष्टिकरण दिएका हुन् ।

प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई शनिवार इटहरीमा सम्बोधन गर्दै राईले आफुलाई पति दाबी गर्ने मान्छेलाई आफुले अहिलेसम्म नभेटेको र नचिनेको बताए । २०७२ साल देखै नै ठूलो षड्यन्त्र गरेर आफुलाई फसाउने खेल भइरहेको उनको भनाइ छ ।

दोलखा घर भएको भनिएकी तत्कालीन एमाले पार्टीमा आवद्ध रहेर काम गरेको भन्ने खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौनजन्य हिंसा गरेको आरोप लगाएकी थिइन । शुत्रबारमा उनले काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा  दायर गरेकी छिन् । यहि बिषयलाई लिएर मुख्यमन्त्री राईले ति महिलाले आफूंमाथि लगाएको आरोपको बारेमा बोलेका हुन् ।

फायल तस्बिर