धरानः विराटचौक-विराटनगर सडक खण्ड अहिले अवरुद्ध भएको छ ।

गएराति ट्रिपर र टेम्पो एक आपसमा जुध्दा सो दुर्घटनामा परि दुई जनाको मृत्यू भएको घटनालाई लिएर आक्रोसित स्थानियवासीले सडक अवरुद्ध गरेका हुन् ।

गएराति विराटचौकबाट विराटनगर तर्फ जादै गरेको को १ ख २९१७ नम्वरको ट्रिपरले विपरित दिसाबाट आउदै गरेको प्रदेश १-५१००२ ह ८६०६ नम्वरको टेम्पोलाई ठक्कर दिदा टेम्पोमा रहेका मोरङको ग्रामथान गाउपालिका २ बस्ने ४५ बर्षिय बाबुराम सरदार र ६ बर्षिय सविता सरदारको घटनास्थलमै मृत्यु भएको थियो । मृतक हजुरबा र नातिनी रहेको बताईएको छ ।

सो घटना पछि आक्रोसित स्थानियबासीले ट्रिपरमा आगो लगाएर जलाई दिएका थिए । सो घटना पछि विराटचौक विराटनगर सडक खण्डको मिलन चौकमा तनाब सृर्जना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भीम दाहालले बताए ।

आक्रोसित स्थानियबासीले सडकमा टायर बालेर सडक अवरुद्ध गरी प्रर्दशन गरीरहेको प्रहरीले बताएको छ । प्रहरीले ट्रिपर चालक हरेराम चौधरीलाई हिजै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । अहिले मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाईएको प्रहरीले जानकारी दिएको छ ।

तस्बिर सौजन्य: प्रेम देवान