झापा : झापाको कमल गाउँ पालिका ५ स्थित मंगलबारेमा बुधवार साझ आगलागि भएको छ ।

स्थानीय तारा लिम्बुको घरमा आगलागि हुदा लाखौंको क्षती भएको छ । साझ ६ बजेतिर सुरु भएको आगो करिब डेढ घण्टापछि दमक नगरपालिकाका दुईवटा र गौरादह नगरपालिकाको एकवटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिईएको हो ।

सो घरमा भिम ताजपुरियाले होटल सञ्चालन गर्दै आएका थिए । सोही होटलमा रहेको सिलिण्डरबाट ग्यास लिक भई आगलागि भएको प्रहरीले जनाएको छ । घरमा अन्य कोहीपनि मानिस नरहेको समयमा आगलागि भएको स्थानीयले बताएका छन ।