इटहरी : भारतबाट अबैध तरिकाले चोरी पैठारी गरी भन्सार छलि गरेर धरान ल्याउदै गरेको ब्रोईलर कुखुरा इटहरी प्रहरीले बुधवार पक्राउ गरेको छ ।

ईटहरी उपमहानगरपालिका वडा न. ६ स्थित ईटहरी धरान सडक खण्डमा धरान उपमहानगरपालिका वडा न. १७ वस्ने सरल कुमार राईले को २ च ३४३१ नम्बरकोे वोलेरो पिकअप भेनमा भारतवाट चोरी पैठारी गरी ६ सय १० वटा जिउदो ब्रोईलर कुखुरा इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको हो ।

Kukhura-Nasta-2

 

अबैधरुपमा भारतबाट कुखुरा ल्याउदै गरेको प्रहरीलाई सुचना आएकोले सो परिणामको कुखुरा नियन्त्रणमा लिईएको प्रहरीले बताईएको छ । बलेरो चालक सहित सोही स्थानमा वेवारिसे अवस्थामा २० वटा जिउदो वोईलर कुखुरा सहित राखिएको को ७ प ६१५ न.को ग्याडिलेटर मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ ।

Kukhura-Nasta-3

 

पोल्टि फर्म तथा मासु व्यबसायी समेतको रोहबरमा बरामद भएका ती कुखुराहरु नष्ट गरी चालक सहित कुखुरा चोरी पैठारी गर्न प्रयोग गरिएको बोलेरो गाडी र मोटरसाईकल आवश्यक कारबाहिको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धु, कोशी ब्यारेज पठाईएको प्रहरीले जनाएको छ ।

Kukhura-Nasta-4