धरान : धनकुटा र मोरङमा भएका दुई छुट्टा-छुट्टै घटनामा दुई जानको मृत्यू भएको छ ।

मोरङ बुढिगंगा -२ बस्ने अन्जन चौधरीको अढाई बर्षकी छोरी भावना चौधरीको शनिबार डुबेर मृत्यु भएको छ ।
शनिबार बिहान साढे ९ बजे मोरङ सुनसरी सिचाई योजना नहर नजिकै खेल्ने क्रममा एक्कासी लडेर नहरमा डुबेर घाईते भएकी भावनालाई आफन्तले उपचारका लागि बिराट मेडिकल कलेज लगेकोमा उनको उपचारको क्रम मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै ताप्लेजुङ मौवाखोला ४ का २० बर्षीय सविन शेर्पाको धनकुटामा मृत्यु भएको छ ।

लोकसेवा परिक्षाको लागि हिजो धनकुटा ७ स्थित होटलमा आई बसेका शेर्पा शनिबार बिहान साढे ८ बजे उठेर पेन्ट लगाउने क्रममा अचानक ढली बेहोस भएकोमा साथीहरुले उपचारार्थ जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराई रहेकोमा उपचारकै क्रममा उनको बिहान साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।